किन महङ्गा सपनाहरू किन सस्तो जीवन
किन स्वप्निल रातहरू किन निस्तो यौवन
आधा बाँच्छु आफूसँग आधा बाँच्छु अन्तै
पीर धुने साथ खोज्दा थपिएछ चिन्तै
सुनाऊँ भने घाउ बढ्ने नसुनाऊँ त गाँठो
हिजोअस्तिभन्दा मुटु दुख्न थाल्यो झनझन्
किन एक्ला रातहरू किन चिसो यौवन
वसन्तका दिनरात पनि उजाड नै छन् उस्तै
बित्ने हो कि यसै गरी बैँस मेरो निस्तै
सुनाऊँ भने चोट हुने नसुनाऊँ त फाटो
मृत्युजस्तो रात जल्छ, चिताजस्तो बिहान
किन पोल्ने रातहरू किन बिझ्ने यौवन