अहिले म फूल जस्तै हलुङ्गो छु जताततै
त्यसैले त हाँस्न सकेको छु काँडाहरुमा पनि
हिजो सपनामा म तामाकोसीमाथि पुल हालिरहेको थिएँ
आज बिपनामा भौँतारिरहेको छु सडकहरुमा ।
अचेल मलाई एक्लै पारेर बतासले पनि जिस्कयाउँछ
त्यस्तै बेला कहिले त आफ्नै छायाँले पनि तर्साउँछ मलाई
मेरो बाटो छेक्न उठेका पहाडहरुलाई
किन म आँधीले जस्तै नाघ्न सक्दिनँ ?
किन म भैँचालाले जस्तै भत्काउन सक्दिनँ ?
किन म अल्झिरह्न्छु माकुराका जालहरुमा ?