Last modified on 23 जुलाई 2017, at 16:00

कुरा सुन्छु नानाथरी / दिनेश अधिकारी


कुरा सुन्छु नानाथरी, गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरी
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर

हातमाथि हात राखी, देवी–देवता सबै भाकी
लाएको यो चोखो माया कतै बिर्सिदिने हो कि ?
मुटु काँप्छ सधैँ थरर, एकैनास साँझ–सबेर

चुरा–पोतेसँग खेल्न, बाँकी नै छ डोली चढ्न
उसको आँखाभित्र आफ्नो रमाएको रूप हेर्न
फुल्नै नपाई मेरो रहर, हुने हो कि बाँझो बगर