Last modified on 12 मई 2020, at 10:51

कुरिरहेछु / भीमदर्शन रोका

म पनि सँगसँगै उभेको थिएँ
यौटै उत्साह, यौटै उमङ्ग तिएर ।
साथीहरु शहीद भएपछि
एक किसिमको उज्यालो हराएपछि
खरानीहरुको थुप्रो लिएर
कुरिरहेछु, कुरिरहेछु !