Last modified on 27 मार्च 2018, at 09:58

केहि हाइकुहरु (टुक्रा टुक्री) / विमल गुरुङ


खोजिरहेछु
हो ! म खोजिरहेछु
थोरै सलाई ।

बिहानीपख
होटेलबाट निस्के
पण्डितहरु ।

बाज शान्तिजप
गरिरहेछ
काखिमा परेवा च्यापेर ।

कुखुरा काटियो
धर्मको नाममा
मन्दिर किन चुपचाप?

कुपोषणले
बालक चाउरियो
देशमा बिकासको मूल फुटिरहेछ ।