Last modified on 6 जुलाई 2017, at 16:36

केही छैन / हरिभक्त कटुवाल


दुई ओठको हाँसोलाई मैले मेरो भनेँ
त्यसमा पनि त तिमी सुस्केरा बनेर बसिदियौ !
दुई आँखाको सपनालाई मैले आफ्नो सम्झेँ
त्यसमा पनि तिमी आँसु बनेर झल्किदियौ !!