Last modified on 16 सितम्बर 2020, at 15:44

केही दाना कविता (७) / तुल्सी थापा

३१. बृद्धत्व
उज्यालो होऊ लालटिन
लौरो तिमी कहाँ छौ ?
अझै धेरै टाढा पुग्नु छ !

३२. आशा
बास त्यहाँ बसौँ
देखिने छ जहाँबाट
भोलिको बिहानी ।

३३. लहर
फेरि कतै कहीँ सुरु हुन सक्छु
किनारा पर्खेका डुङ्गा हो !
चट्टानको सीमा पनि नग्न सक्छु ।

३४. टिस्टा
बग्दै थियौँ त सँगै, सदियौँदेखि
हाम्रो इतिहास कहाँ छुट्यो
थाहै भएन कहिलेदेखि ?

३५. जुलुस
त्यो यस्तो भिड हो
त्यहाँ घुसी हेर, थाहा पाउने छौ
सबै एक्लाएक्लै हिँडदै छन् ।