Last modified on 12 मई 2020, at 01:32

के गरुँ / दुर्गालाल श्रेष्ठ

हाहा हुहु, भाङभाङ भुङभुङ
रुनु अनि हाँस्नु,
हेर्दै म त वाल्ल पर्छु
कुन्नि के हो बाँच्नु –

चन्द्र देख्छु, र्सुर्य देख्छु
देख्छु घाम-छाया,
आउँछन् जान्छन् तल-माथि
देख्छु दायाँ-बायाँ !

जानु जानु खालि जानु
कत्ति मात्रै जानु,
कहीँ पनि पुगिँदैन
कता मात्रै जानु –

के गरुँ लौ भन्दिनुस् न
बिन्ती एकफेरा,
ज्ञानी-गुनी आमा-बाबु
गुरुजन मेरा !