Last modified on 22 जनवरी 2022, at 08:57

के भन्ने हाम्रो समय / कुसुम गजमेर

के भन्ने हाम्रो समय दस मोहर महिनाको कमाई
हाम्रो जुगको पानी राम्रो
हाम्रो समय साच्चै रमाईलो

धाराको पानी कान्छी नानी बोकेको कम्मरमा
भुलेको छैनौं त्यो मिठो पानी अझ यो उमेरमा
आहा सार्है मिठो कुरो सम्झायौ साहिँला
तर अब थरिथरिका चिसो थरिथरिका कोला
खोइ कता गयो धारा कता गयो खोला

यो बोतल को पानी न त पूरा आँत भिज्ने
नत तिर्खै मेटिने कठै बरी
अब अहिले चिसो कोला कहाँ गयो धारा खोला
भएन पुरा आँत भिज्ने रहेन स्वादै तिर्खा मेटिने
हुर् हुर् आयो आयो नक्कले आयो , स्याबस च्याङ्बा स्याबास

ढुङ्गाको धारा, धारामा देउता, देउता कै संसार
डाँडा र काँडा हरियो बन देउराली पुजेर
खै अब त देउता पनि बेच्छन्
वनजंगल पनि बेच्च्चन्,
फेरी देउराली पनि बेच्छन्
यही पाराले त मान्छेले मान्छेलाई

बेच्छन मात्रै? बेची सक्यो साहिँला बेची सक्यो

धर्म कर्म गोजीमा राखी
देउता बेच्छन पैसाको लागि,
पैसा को लागि आफ्नो बिरानो
सबै छोडी जानु छ एक्लो
के भन्ने हाम्रो समय