Last modified on 12 मई 2020, at 01:38

कोरलिएको चल्लो / दुर्गालाल श्रेष्ठ

चीँ-चीँ चल्लो करायो
‘खोल मेरो झयाल ।’
कुखुरीले कोपरी,
फुलमा पर्योप प्वाल ।

झयालबाट बिस्तारै
चुच्चो निकाली,
फुत्त निस्क्यो चल्लो है
बोक्रो फुटाली ।

बिहानको सित्तलु
सिरिसिरी याम,
आँगनमा मायालु
मिरिमिरी घाम ।

वर-पर नियाल्दै
रमिँदै अपार,
चल्ला बोल्यो मनमनै
‘क्या राम्रो संसार !’