Last modified on 16 जुलाई 2017, at 08:26

कोही चाहने नहुनुको अर्थ / राजेश्वर रेग्मी


कोही चाहने नहुनुको अर्थ जीवनमा निस्सार हुन्छ
खुशीहरु शून्य हुन्छन्, चोटको उपहार हुन्छ

एकान्त नै प्यारो लाग्छ खुशी ल्याउँछ अँध्यारोले
छचल्किन्छन् आँखाहरु यस्तो बारम्बार हुन्छ

कहिलेकाहीँ आफैसँग आफू पनि भागी हिंड्छ
प्रतिबन्धित हाँसो र निलम्बित अधिकार हुन्छ

कुरा सुन्दा भावनाको आफ्नै मुटु चोइटियो कि ?
मेरो मात्र मुटु दुख्ने यस्तो कहाँ प्यार हुन्छ !

खोज्नु पर्छ सम्भावना, खोज्नुपर्छ– अर्थहरु,
चोट, पीडाभित्र पनि जीवनको अनुहार हुन्छ !