Last modified on 3 मई 2020, at 10:17

खुलेको ओठ कैले / गीता त्रिपाठी

 


खुलेको ओठ कैले खोल्दैन मनका कुरा
आँखाको किताबमा लेखिन्न भाव पूरा
खोलिदेऊ मनका कुरा, बोलिदेऊ भाव पूरा
 
छायाको हुन्न विश्वास फेरिन्छ आकार त्यो
देखेको स्वप्न सबै हुँदैन साकार त्यो
छोएर पनि कहिले छोइन्न भाव पूरा
खोलिदेऊ मनका कुरा, बोलिदेऊ भाव पूरा
 
बलेको दियो मुनि अँध्यारो साथ खस्छ
जमेको छातीभित्र पग्लेको आँत बस्छ
रोएर पनि कहिले रोइन्न भाव पूरा
खोलिदेऊ मनका कुरा, बोलिदेऊ भाव पूरा