गरिकन हेरेपछि थाहा हुन्छ, नगर्दासम्मन् के थाहा ?
परिकन हेरेपछि थाहा हुन्छ, नपर्दासम्मन् के थाहा ?
मरेर कोही फकर्रे आउँदैन तर, जिउँदै मरेका झैँ
मरिकन हेरेपछि थाहा हुन्छ, नमर्दासम्मन् के थाहा ?
पीडाहरूका कष्टहरूका ती अग्ला–अग्ला चुचुराहरू
चढिकन हेरेपछि थाहा हुन्छ, नचढ्दासम्मन् के थाहा ?
वेदनाहरूका यातनाहरूका गहिरा–गहिरा नदीहरू
तरिकन हेरेपछि थाहा हुन्छ, नतर्दासम्मन् के थाहा ?
जिन्दगीमा दु:खै दु:खका खजानाहरू ढुकुटीहरू
भरिकन हेरेपछि थाहा हुन्छ, नभर्दासम्मन् के थाहा ?