प-हीराले उज्वल चहुँवर उज्यालो घर अती ।
ख-रानीको थुप्रो वरपर रह्याको भर्नु कती ॥
ल-सुन्का डल्ला छन् बिचबिच खसी खुप छरियका।
क-नीका चावलले रुचिसित सदा पेट भरियका ॥४४॥
ब-तास लागी कोरी सब शरिरमा घाउ पनि छन् ।
न-राम्रा खुप् गन्धी सकल कपडा अङ्गभरि छन् ।।
क-साही झैं मानू वरपर यि हिंड्छन् जनहरू ।
अ-संपत्तीवान्को यहि रित अहो क्या भनु अरू ॥४५॥
बयान गरिएको गरि श्लोक बनायाँ ।
दो अर्थि जान्नू जन यो जनायाँ ।
पाऊपिछे अक्षर एक अघीको ।
छोड्दामहाँ हुन्छ बयान् धनीको ॥४६॥