Last modified on 8 अक्टूबर 2017, at 21:26

गलैंचा बुन्नेहरूको गीत / अविनाश श्रेष्ठ


आङ्निमा जब तान छुन्छे
सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे
आङ ढाक्ने थोरै कपास बुन्छे ।

अनि आकाश बुन्छे, बतास बुन्छे
जून बुन्छे, घाम बुन्छे
अलिकति देशको नाम बुन्छे ।

पानी,खोला, पहाड, कुइरो
चराचुरुङ्गीको आवाज, माटोको गन्ध
जङ्गलको मीठो सुसेली बुन्छे ,
आङ्निमा जब तान छुन्छे ।