Last modified on 1 अगस्त 2020, at 21:36

गाउँमा कविताहरू १० / रेमिका थापा

कति सताउँछन गौँथलीहरू
मेरै घरभित्र
गुँडै सल्काइदिउँ ?

कति ताकत हुन्छ
गिट्ठा भ्यागुरमा ?

कति बज्छन् रित्ता भाँडाहरू
गाँउमा !
गाँउ पछौटे छ,
गाउँ जङ्गली छ,
गाउँमा अनिकाल छ,
हामी कहिले सोलोडोलो हुने ?

यस्तै यस्तै केके सोच्यो
जेठा मगरले
आफू मगर समाजको सभापति चुनिएपछि !