Last modified on 1 अगस्त 2020, at 21:37

गाउँमा कविताहरू ११ / रेमिका थापा

हिँड्नु कसरी ?

अरठ्टिएर हिँड,
छाती फुकाएर हिँड
गह्रौ पाइलाहरू उचालेर
लमक लमक हिँड !

कम्मर मर्केजस्तो कैँचे हिँडेको ?
शिर झुकाएर चुपचाप हिँड !
अथवा शिर खडा गरेर हिँड !

हिँडनु कसरी?
केको फसाद परेको?

सजिलो गरी हिँड न !
इ: यसरी ठमठम
गाउँको गोरेटोजस्तो !