Last modified on 1 अगस्त 2020, at 21:37

गाउँमा कविताहरू १२ / रेमिका थापा

पुल चाहियो
गाउँमा

हिँडनलाई होइन
मनसँग मन जोड्नलाई
मनसँग मन
मिल्नलाई

खोला तरेर म पारी
आउन चाहन्छु
खोला तरेर तिमी वारी
आउन चाहन्नौ ?

तिमी के चाहन्छौ ??