Last modified on 1 अगस्त 2020, at 21:37

गाउँमा कविताहरू १३ / रेमिका थापा

गाँउमा ओह्रालो छ कि ता
उकालो
ओह्रालो झर्दा होसियारी हुनु
भन्छन्।
उकालो चढ्दा रमाइलो मान्नु
उकालो चढ्दा नथाक्नेले नै
ओह्रालोको ब्यथा बुझ्न सक्छ !

शिखरमा पुग्नुको आनन्द
फेददेखि उठेर उकालो चढ्नुको
रोमाञ्चमा छ !

अनन्त आकाश पनि माथि छ
सबैले मोक्ष पनि उकालै देखाउँछन्
ईश्वर पनि !