Last modified on 1 अगस्त 2020, at 21:37

गाउँमा कविताहरू १४ / रेमिका थापा

गाउँ भनेको नितान्त एक्लो कुरा
होइन,

चाउरिएको समुद्रले चारतिर
घेरेको टापूजस्तो !

खोलाले छोडिराखेको सुनसान बगर
घाम झुल्कँदा घाम अस्ताउँदा
चिरबिरे चराहरूका
छिरबिरे सपनाहरूले गुञ्जाइराखेको
हुन्छ गाउँ !
आफ्ना भाल्डाङ भुल्डुङ सपनाहरूले
घेरिएको हुन्छ गाँउ
सपनाहरूले नै त जिँउदो राख्छ गाउँलाई !