देउरालीमा चढाइराखेको
इन्द्रकमलको फुल ।
साउन आउँछ गाउँमा
रिमझिम थोपाहरूसँग
रङ्गीन बादलहरू ।
मनको हरियो पाखामा
सुनौलो इन्द्रेणी खसेपछि
लहरापातका झुलामा झुलेर
भुराभुरीहरू मच्चिएपछि।
कसले खिँचेको यो आनन्दको विराट् तैलचित्र ?
दृश्यहरूको यो अथाह सुगन्धमा
गाउँ डुबेपछि
नहेरिबस्न गाह्रो हुन्छ
देउरालीमा चढाइराखेको
इन्द्रकमलको फुल !