Last modified on 1 अगस्त 2020, at 21:38

गाउँमा कविताहरू १६ / रेमिका थापा

एकान्तलाई बाँध्ने धागो हुँदैन कुनै
एकान्तलाई छुने सुसेली हुँदैन कुनै
कोरी बाटी बसेको हुँदैन एकान्त !

संवेदनाको महासमुद्रमा
मर्मका मिहिन दानाहरूलाई
समाउने ठाँउ हुँदैन कुनै !

संवेदनाका एक एक अक्षरहरूले
पलपल झरेर एकान्तको निर्माण हुन्छ
यो असीम समाधिलाई छुने ठाँउ हुँदैन ।

एकान्त एकान्त मात्र हुँदैन ।