Last modified on 1 अगस्त 2020, at 21:38

गाउँमा कविताहरू १७ / रेमिका थापा

दोबाटोमा
तिमी यतै आएको ?
म पनि उतै आउन लागेको !

जिन्दगीले यसरी सन्दर्भहरू भेट्दा रहेछ !
मर्महरूले यसरी अर्थ भेट्दो रहेछ !

अर्थहरू जिन्दगीदेखि कति पनि टाढा हुँदैनन्।
कतै पातहरूले छेलेजस्तोमात्र
काँडाहरूमा अल्झेजस्तो मात्र !

खासमा, कुनै आवश्यकता नै छैन
फूलहरूलाई रगतपच्छे हुन
आफना पिडाहरू
भन्नालाई !