Last modified on 1 अगस्त 2020, at 21:41

गाउँमा कविताहरू १९ / रेमिका थापा

नीलकण्ठ गाउँ

बिखफुल फुल्छ गाँउमा
जमानाको दोष बोकेरै
फुल्छ

जमानाको दृष्टिको दोष
जमानाको विचारको दंश
जमानाको नजरको बिखलाई
जितेर
नखुम्चिएर उभेर
गाँउ उभिन्छ !

बिख फुलेर
अमृतको पराग बोक्ने
गाँउ
धीर हुन सक्छ
स्थिर हुनसक्छ