Last modified on 1 अगस्त 2020, at 21:41

गाउँमा कविताहरू २० / रेमिका थापा

छुन नखोज मेरो भावनाको
रुपलाई
मेरो बैँस त धुपीको हरियोपनामा छ !

छुन नखोज मेरो विचारको
सौन्दर्यलाई
मेरो जोबन त आकाशको निशब्द बाँसुरीमा छ !

छुन नखोज मेरो दृश्यको सुगन्धलाई
स्पर्श यदि गर्नु छ भने
मान्छेको आँखाको तलाउमा
डुबेर फुलिरहने
मेरो स्वाभावलाई गरे हुन्छ !

छुन नखोज मेरो भावनाको बान्कीलाई !