Last modified on 1 अगस्त 2020, at 21:41

गाउँमा कविताहरू २१ / रेमिका थापा

देवीथानमा ।
 
दुई शिला खण्डहरू आङ आङ जुझाएर
बसेका छन् ।
कसको भक्त ठूलो?

उ ठुलो जसको मुटठी ठुलो छ !
उ ठुलो जसको मुट्ठी बलियो छ !

यो मान्छे भन्ने जात अचानक यति ठुलो भयो
कैयौँ वर्षदेखि यो शून्य वनमा
हामी भोगिरहेछौँ
एकान्तवासको सजाय !

दुनियाँमा त मान्छेको पो पूजा हुन्छ
जसको मुट्ठी ठुलो छ
उसको देउता ठुलो छ !
जसको मुट्ठी बलियो छ
उसको देउता बलियो छ!