गाउँ असीम हुन्छ
दुर सुदुर कुनै शरणार्थीको
आश्रय हुन्छ गाउँ
अनन्त समयदेखि कुनै दुर देशदेखि
बगेर आएको खोला
टाढा आकाशको कुनै एक्लो तारा
बाटो भूलेको अन्जान यात्री
लेक चढ्नेहरू बेसीँ झर्नेहरू
अनन्त सम्भावनाका आरोहीहरू
काकाकुलीको प्रचणड तिर्खा सबै
आँगनमा वास बस्न आइपुग्छ
गाउँको ढोका बन्द कहाँ हुन्छ !