गाउँ नि:शब्द बस्न सक्छ
समाधिजस्तो
शिशिरमा तुँवालोको खैरो बर्कोभित्र गाउँ
चुपचाप बस्नसक्छ
एउटा विचार
एउटा आस्था
एउटा विश्वासलाई साधेर
चेतनाको यो विराट् सन्धानमा बस्नुसक्छ !
यसबेला,
एक एक पल
असहनीय पिडाको तप्कना खसेर
जिन्दगीको एक एक कणलाई ओसमय
बनाइराख्छ
त्यसपछि आस्थाको करुणामय उज्यालोले
तुँवालोको खैरो पर्दा च्यातेर
शिशुजस्तो एउटा दिन जन्मन्छ
त्यसपछि हेर्नु,
लटरम्मै फुलेको आरुको बोट !