Last modified on 1 अगस्त 2020, at 21:42

गाउँमा कविताहरू २५ / रेमिका थापा

गाउँ
विह्वल भइरहने दिन आउँछ।

अनुभूतिले
निष्ठाले
कर्मले
गाउँ विभोर भइरहन सक्छ !

यस बेला गाउँमा
भिजेको मात
भिजेको नशा
गाउँ विस्मित भइरहन सक्छ !

सौन्दर्य,
जो चेतनामा बस्न खोज्ने
एउटा जिउँदो चित्र
जसलाई छुन मिल्दैन।

सुगन्ध भनेको खोज्नै पर्दैन,
आह ! निथुक्र्क खेतबाट उडी उडी आउने
यो भिजेको बास्ना !