कसले भन्न सक्छ देशमा
सुखको घाम डुबेपछि
अँध्यारोले जित्छ,
अफ्ठयारोले जित्छ,
दु:खले जित्छ !
गाउँमा जब मझेरीमा दियो बल्छ
मुट्ठी मुट्ठी उज्यालो
छरिन्छ, मसिना बालबच्चा उज्यालाहरू !
दु:ख्न्नु भनेको गाउँमा
समयको सङ्गत विसङ्गत प्रवाह मात्र हो,
दु:ख्न्नुले डढ्दैन गाउँ
बरू निखार ल्याँउछ
आलोक दिन्छ !