Last modified on 1 अगस्त 2020, at 21:43

गाउँमा कविताहरू २८ / रेमिका थापा

दलानमा आइपुगेको छ घाम
कसलाई भेट्न ?
भेट्नुपर्नेहरू गइसकेका छन् तीरमा
घामलाई भेट्न !
ढकमक्क तोरीबारी,
दुई हात उठाई आकाश ताकिरहेकी
किसानकी सानी छोरी !
अथाह बतास अँगालेर रमाइरहेकी
किसानकी राम्री छोरी !