Last modified on 1 अगस्त 2020, at 21:32

गाउँमा कविताहरू ४ / रेमिका थापा

घुमन्तेहरू गाउँ हेर्न आउँछन्
गाउँमा अनेक दृश्यहरू छन्।

कुनै पर्यटक
दाउरे दाइको चित्र खिँच्न मन पराउँछन्
उसको नाम्लो दाम्लो र दाउराको भारीसहित
निधारको चिटचिटे पसीनाको !

गाउँको दृश्य भनेको नै
दु:ख हो क्या !
गाउँको सुन्दरता भनेको पसीना ने
हो क्या !

गाउँको दाउरे दाईले त्यो पुरानो दाउरेको कथा
सुनेकै छैन।
बञ्चरो नदीमा खसेको
जलदेवताको अवतरण
कुन तेरो ?
फलामको ?
चाँदीको ?
सुनको ?
जम्मै बञ्चरो पाएको कथा ।