वन डढेको सबैले देख्छन्
मन डढेको देखे पो !
जेठको डढेलोले गाउँ डढेपछि ।
झ्याँउकीरि कराउँछ र मन डढाउँछ,
मनलाई बाँध्ने बाँध हुँदैन नदी जस्तो
रात बिरात गाउँलाई बिथोल्ने
बिखालु दुश्मन पसेजस्तो !
आखिर को को हुन सक्छन्
गाउँका दुश्मन ?
गाउँलाई सुविस्ता हुँदैन सधैँ !