Last modified on 1 अगस्त 2020, at 21:35

गाउँमा कविताहरू ८ / रेमिका थापा

गाउँलाई शान्ति हुँदैन
सधैँ
गाउँले देखिसकेको छ संसारका
ठूल्ठूला महासङ्ग्राममा बली चढेका
आस्थाका नरकङ्कालहरूलाई

संसारका थरी थरी विश्वासहरू जुझेर
फुटेका मानव मनका प्रसिद्ध मिनार
इतिहासका आँखाबाट झरेका बदनाम भग्नावशेषहरू

गाउँले देखिसकेको छ संसारका
कुनै कुनाको युद्ध मैदानमा
आफ्ना छोराहरू शहीद भएपछि
गाउँमा बगेको रगतको खोला

गाउँलाई शान्ति हुँदैन
सधैँ ।
अहँ, यहाँ नास्तिकहरू त कोही पनि छैनन् नि !