Last modified on 1 अगस्त 2020, at 21:36

गाउँमा कविताहरू ९ / रेमिका थापा

उपियाँ जा ! रुपियाँ आइज !
अनिकाल जा ! सहकाल आइज !
बाह्र महिनाको लुतो जा !!!


गाउँले निफन्न सक्छ
राम्रा कुराहरू राखेर
नराम्रा कुराहरू उडाइदिन सक्छ
कोदोको भूस
मकैको भूस
धानका खोस्टाहरू।

दुनियाँले के कन्याइ बसेको छ
यो बाह्रमासको लुतो
अहङ्कारको !
लोकाचारको !
अनास्थाको !
अविश्वासको !

लुतो निको नहुने रोग होइन क्या !