Last modified on 19 मई 2020, at 14:15

गाउँ र सहर, बस्ती र जङ्गल क्यै बाँकी भएन / गीता त्रिपाठी

बहिनी
 
गाउँ र सहर, बस्ती र जङ्गल क्यै बाँकी भएन
दशनङ्ग्रा खियाई पसिना रोप्ने ठाउँ नै रहेन
 
जुन ठाउँ टेकूँ त्यै ठाउँ लाग्छ मृत्युको मझेरी
विभत्स आँसु जमाई रुन्छन् कुवा र पँधेरी
एउटै छ आज संसारको व्यथा उस्तै छ वेदना
भैसक्यो अबेर तैपनि किन खुलेन चेतना
 
लुटिन्छ कैले वात्सल्य काख, कहिले छहारी
टुहुरा बाला खोज्दछन् साथ दश दिशा चहारी
कसरी लेखूँ कर्मको गीत हुरीको पातमा
डगमग भयो मान्छेको बस्ती रगतको मातमा ।