Last modified on 27 मार्च 2018, at 10:04

गुफा बस्छु / विमल गुरुङ


दिनभरि चोकतिर रल्लिनुभन्दा
गुफा बस्नु बेस
गुफा बस्छु

च्याप्दै खैनी
तान्दै चुरोट
खेल्नु भन्दा चेस
बिगार्दै बानी यसरी भन्दा
थन्किनु उत्तम कोठामा
कोठा बस्छु ।

नराम्रो हो बस्नु कोठा?
कोठा बस्छु
गुफा रुङ्छु ।

अक्षरहरु भित्र डुब्दाडुब्दै पानी खाएर मरिन्छ भने
छैन चिन्ता केहि मलाई
मलाई नहकार्नुस् आमा !
गुफा बस्छु,
गुफा ।