गोरेटो त्यो गाउँको लौन आज
खोजी खोजी थाके नि
पैल्याउन सकिन
पैल्याउन मैले सकिन
एकलास बनमाझ देखिने बाटो आज
अल्मलिएँ लौन म त
आवाज नपाई मायालु तिम्रो
वनभित्र थाके नि
पैल्याउन सकिन
पैल्याउन मैले सकिन
झमक्क पर्यो साँझ कहाँ बस्ने बास
एक्लो भएँ लौन म त
खबर नपाई मायालु तिम्रो
दोधारैमा परे नि
पैल्याउन सकिन
पैल्याउन मैले सकिन