कैले आफ्नै मृदुल मुटुको धून सम्झी रमाई
कैले एक्लै सरल गतिका गीत गाई कराई
कैले कैले धुरु धुरु रुँदै आँसु धारा बगाई
काटें मैले दिनहरू कठै !! कष्टमा छट्पटाई//१//
कैले कोही सहृदयी हुँदा दुःख साह्रा बिसाएँ
कैले कैले हृदय गतिको भावना पोख्न पाएँ
कैले एक्लै धुरु धुरु रुँदै आँशु धारा बगाएँ
मैले धेरै दिनहरू कठै !! कष्ट खाँदै बिताएँ //२//
मैले आफ्नै सुख र दुखका भावना भोग्न पाएँ
बुझ्दै सोच्दै विचलित नभै कर्म गर्दै रमाएँ /
देख्दै भोग्दै सुख र दुखको मर्म मैले बुझेको
घुम्दै जाने सुख र दुखको चक्र हो जिन्दगी यो//३//