Last modified on 9 जुलाई 2024, at 18:18

चाहना / सानु शर्मा

तिमी मेरो परिधिभन्दा
जति नै टाढा रहू,
केही पर्वाह छैन मलाई ।

कहिलेकाहीँ
बिगतका दिनहरू सम्झँदा
तिम्रा आँखा भरिएर आउन्
या मेरा कुनै केटाकेटीपना सम्झेर
तिम्रा ओठ अनायस मुस्कुराउन् ।

बस, यति नै हो
चाहेको मैले ।