Last modified on 31 मई 2017, at 20:00

चुनाव / सुमन पोखरेल

हामीले बनायौँ र उसको आकार भयो
हाम्रै टाउको ऊ उभिने आधार भयो
माग्नेभन्दा दिने ठूलो भन्ने हैन रहेछ
अमूल्य भोट हामीले दियौँ, ऊ समाचार भयो।