हजार घुम्ती जिन्दगीका बाटो नागबेली
आज सँगै बास बसी छुट्टिनुछ भोलि
रात पनि छिटोछिटो बित्दैछ निठुरी
तिमीलाई हेर्न छोडी निदाउँ कसोरी
यो गरूँ कि ऊ गरूँ कि कुन कुरा गरूँ
धेरै कुरा बाँकी नै छ कुन पूरा गरूँ ?
कुरा गर्दै रात बितोस् झुल्कोस् बिहानी
सम्झुँला म सधैँ तिम्रो काखको सिरानी
यो दिउँ कि ऊ दिउँ कि कुन चिनो छोडूँ
यता आफ्नो मुटु छोडी भोलि कहाँ हिडूँ ?