Last modified on 25 फ़रवरी 2015, at 13:57

छेस्का कविता / कालीप्रसाद रिजाल

कहाँ जानु?
कहाँ कहाँ भौँतारिनु?
नचिनेको
कहिल्यै नदेखेको
देउता खोज्न?
मैले त हातको फूल
आमाको चरणमा
राखिदिएँ !
कविता
मान्छेको मनभन्दा
बृहत् ग्रन्थ
आजसम्म मैले देखेको छैन
ओठको मुस्कान
र आँखाको आँसुजस्तो
मार्मिक कविता
मैले आजसम्म
पढेको छैन।