छैन आँसु घामसँग कसरी पो रुनु
बीचैबाट खस्छ बादल पीर केले धुनु
देख्नेलाई उज्यालो छ व्यथा आफैँसँग
भोग्नेलाई जिन्दगी भो सधैँ एकै रङ्ग
तातेपछि आफैँभित्र कसलाई कहाँ छुनुँ
बीचैबाट खस्छ बादल पीर केले धुनु
बिहानीमा ओठ हाँस्छ गुराँसको लाली
बित्दै जाँदा दिन हुन्छ सबै खालीखाली
पन्छिएर बस्छन् सबै कसलाई आफ्नो भनूँ
बीचैबाट खस्छ बादल पीर केले धूनूँ