Last modified on 16 जुलाई 2017, at 08:32

छोड एकछिन साथ / राजेश्वर रेग्मी


छोड एकछिन साथ आज एक्लै बसेर रुनु छ
समाएर छोडें कि हात, आज एक्लै बसेर रुनु छ

दिनहरु त्यसै, त्यसै उदास भएर बिताएँ कि !
बाक्लिरहेछ रात, आज एक्लै बसेर रुनु छ

भीडमा थपिएको छु म पनि एउटा निरीह,
परेको छ मनमा आघात, आज एक्लै बसेर रुनु छ

जति रित्याउँछु झन्झन् भरिएका गिलासहरु,
आइरहन्छ उनको याद, आज एक्लै बसेर रुनु छ

छैन कसैको सहारा न त कसैको सहानुभूति
भएँ कि म बरबाद, आज एक्लै बसेर रुनु छ