जतिजति खोज्छु विहानी अचेल
त्यति नै भिज्छ यो सिरानी अचेल
आजैदेखि छोड्छु, कति पटक सोचें
झन्झन् बढ्दैछ प्यूँने बानी अचेल
उनको यादमा केवल उनको यादमा
भैदिए आँखा मेरा पानीपानी अचेल
साथी, भाइ सारा लखेट्न खोज्छन्
मलाई नै किन छानी छानी अचेल
नदुखाउने दि यो कसम खाएँ
थपिंदो छ र’ पीडाको खानी अचेल