Last modified on 19 मई 2020, at 14:07

जमिरहेँ पोखरीमा पानी भयो मैलो / गीता त्रिपाठी

आँसु
 
जमिरहेँ पोखरीमा पानी भयो मैलो
माफी हजुर बल्ल आज खुल्यो मनको दैलो
 
पाएपछि पीर पोख्न आकाशजस्तो छाती
ज्यूँने रहर उठ्दै गयो बादलभन्दा माथि
जिन्दगीले आज एउटा नयाँ बाटो माग्यो
बाफिएको चाह पनि आज प्यारो लाग्यो
 
मनको आँधी थामिएछ मनसुन झरी पर्यो
सिर्जनाको नयाँ रङ्ग परेलीमा भर्योम
नदीजस्तो माया बोकी बग्छु सागरसम्म
मिसिएर हजुरको छातीभरि टम्म ।