Last modified on 26 मई 2017, at 12:46

जवानी / विष्णु न्यौपाने


किन किन मेरो मन छचल्किन्छ आज
घरि लाग्छ कुतुकुती घरि हुन्छ लाज ।
बोल्न खोजे अड्कीदिन्छ गलाभित्रै बोली
लायो कस्ले मन्त्र तन्त्र लौन आज भोलि ।।

चञ्चले छ संसार यो धकाउँछ आज
रुप देखी ऐना भित्र लजाउँछ लाज ।
कल्पनाको संसारमा डुबुल्किने मन
आँखा भित्रै रुप कुँदी उड्छ किन भन ?

छिन्मै हुन्छ हाँस्ने मन छिन्मै रुने मन
कैले गयो थाहा छैन मेरो बालापन ।
चङ्गा जस्तै तन हुन्छ सिमल झैं मन
मेरै मात्र हुन्छ कि हौ सखी यस्तो भन ।।

बगरका ढुङ्गामाथि छाल सम्झनाको
छल्कीरन्छ मन भित्र ताल कल्पनाको ।
नखाएनी मात लाग्दो फक्रिएको वैंस
सृष्टि सबै एकै देख्ने जवानी नै रैछ ।।