Last modified on 5 जुलाई 2017, at 22:23

जाडोको रात / अविनाश श्रेष्ठ

निद्रा
पकेटमा
हात
घुसारेर
पर
उभिएको

चुपचाप ।
फुटपाथमा
कठयाङ्ग्रिँदै
कामिरहेको
नाङ्गो
देहमा
ब्युँझिरहेको

एक्लो
उदास
जाडोको
रात ।