Last modified on 19 जनवरी 2022, at 11:46

जिन्दगीको किताब पढेर / वीरेन्द्र पाठक


जिन्दगीको किताब पढेर, सबथोक उसले पढेछ
आँखा अघि उभिएको पर्दा हटेछ।

नौलो जिन्दगीको उसको हेराइ छ मीठो
मस्तिष्कका पानाभरी सोचाइ छ निको
बोली पनि फूल जस्तो उसको बनेछ
आँखा अघि उभिएको पर्दा हटेछ।

फरक जस्तो लागे पनि फरक त हैन
बुझ्यो उसले आफ्नो-पराई मान्छे बीच छैन
सबैका मनलाई सुन्न सक्ने भएछ
आँखा अघि उभिएको पर्दा हटेछ।